संविधान जोगाउने गठबन्धनका नेतालाई भोट हालिन्छ: मतदाता
पाेखरा | कात्तिक २७, २०७९
पोखराः पाँच दलिय गठबन्धनबाट कास्की २ का उम्मेद्वारहरु घरदैलो अभियानमा छन् । मंसिर ४ नजिक आएकाले उनीहरुलाई मतदाता रिजाउन भ्याइनभ्याइ छ ।
कास्की २ का उम्मेदवार श्रीनाथ बराल, २ (क) का विश्वप्रकाश लामिछाने र २ (ख) का विन्दुकुमार थापा आईबार पोखरा १६ र ११ को घरदैलो र चुनावी कोणसभामा व्यस्त भए ।
उनीहरुले मत मात्र मागिरहेका छैनन् । मतसँगै मन र समस्यामा पनि मागिरहेका छन् । सोही अनुसार मतदाताहरुले कसैले सल्लाह दिन्छन्, कसैले सुझाव त धेरैले विकासका काम ढिला भएको गुृनासा सुनाउँछन् । भने, केहीले गाली समेत गर्न भ्याउँछन् । तर, पोखरा ११ मा मतदाताहरु पुग्दा धेरै खुसी थिए ।
पोखरा ११ काँहु क्षेत्रका मतादाताहरुमध्ये बुद्धिसागर घिमिरेले संविधान जोगाउन बनेको गठबन्धनलाई भोट हाल्ने हो भन्दै उम्मेदवारसँगै हिडे । उनले शेरबहादुर, प्रचण्ड, माधवकुमार र बाबुाराम भट्टराई मिलेपछि असंभव केही नभएको बताए । गठबन्धनमा चित्रबहादुर केसी पनिसँगै भएकाले केही हुने आशा व्यक्त गरे । केपी वलीले संसद विघटन गरेर गलत काम गरेकाले यसपटक आफ्नो भोट गठबन्धनका नेताहरुलाई भएको बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै कास्की २ का उम्मेदवार श्रीनाथ बरालले गठबन्धनले नै स्थानीयको पिरमर्कालाई बुझ्ने बताए । जनताका समास्या समाधान गर्दैै विकासका आयामहरुका लागि मत दिन आग्रह गरेका हुन् । काँहुको पर्यटन विकास र कृषिमा आधुनिकीकरण गर्ने उनले प्रतिवद्धता जनाए ।
कास्की २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले काहुँडाँडाको विकासका लागि गुरुयोजना सहित विकासका योजना ल्याउने बताए । काहुँ डाडा निकै पिछडीएको बताउँदै यस्को विकासका लागि गुरुयोजना अघि सार्न आवश्यक रहेको सुनाए ।
कास्की २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आर्थिक, सामाजिक, लैंिगक, जातिय विभेद परिवर्तन गर्नको लागी आफ्नो उम्मेदवारी रहेको बताए । जनताका लागि संघर्ष गर्दै सबैपिडितहरुका लागि केही अधिकार अझै स्थापित गर्न गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनको आग्रह थियो ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

